‘दुई तिहाइको दम्भमा मुलुक झन् जटिल समस्यामा फस्दै’

515
  •  
  •  
  •  

काठमाडौं, २० असाेज (अाेएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाइको दम्भमा मुलुक झन् जटिल समस्यामा फस्दै गएकाे दावी गरेका छन्।

काठमाडौंको भोटेबहालमा शनिबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले भने, सरकार विधि सम्मत अगाडि बढोस् भन्ने आफूहरुको चाहना रहेपनि बहुमतको दम्भ देखाउनमै रमाइरहेको छ।’

सरकारका गतिविधि विधिको शासन कायम गरेर जनभावना अनुरुप काम गर्न तर्फ केन्द्रीत नदेखिएकाले मुलुक झन् जटिल समस्यामा फस्दै जाने त्रास बढेको उनले बताए ।

आफूहरुले शान्ति सुव्यवस्था कायम गर्न, महंगी नियन्त्रण गर्न र संघीयता कार्यान्वयनमा गम्भीर हुन सुझाव दिँदासमेत प्रधानमन्त्री केपी शर्मा ओलीबाट हल्का टिप्पणी आउनुले सरकार दुई तिहाइको दम्भ देखाउनमात्र उद्दत रहेको प्रष्ट हुने उनले बताए ।


  •  
  •  
  •