मुलपानीमा बनाउँदा बनाउँदैको घर भत्कियो

300
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं कागेश्वरी मनहरा नगरपालिकास्थित मुलपानीमा बनाउँदा बनाउँदैको घर भत्किएको छ ।
ग्रिनहिल सिटी हाउजिङले निर्माण गरिरहेको साढे दुई तले घरलाई राति २ बजे पछाडिबाट आएको पहिरोले धकेल्दा भत्काएको हो ।

तस्बिरः सामाजिक सञ्जालबाट

गए राति परेको पानीका कारण निर्माणाधीन घर भत्किएको र कुनै मानवीय क्षति नभएको स्थानीयले बताएका छन् ।
संरचना कमजोर भएर घर भत्किएको हो कि माटो नै कमजोर हो भन्नेबारे अध्ययन भइरहेको ग्रिनहिल सिटी हाउजिङले जनाएको छ ।

कागेश्वरी मनोहरा–६ का वडा अध्यक्ष प्रकाश फुयाँलले मूलपानीका अन्य स्थानमा पनि मंगलबार राति स–साना पहिरो गएको तथा घर भित्र पानी पसेको बताए ।

 


  •  
  •  
  •