रत्नपार्कका हिरो मुकुन्दे प्रहरीकाे नियन्त्रणमा

696
  •  
  •  
  •  

काठमाडाैँ, ५ बैशाख (अाेएनएस) : केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई तथानाम गाली गर्ने मुकुन्द घिमिरे (मुकुन्दे)लार्इ प्रहरीले नियन्त्रणमा लिएकाे छ।

मंगलबार बेलुका लक्ष्मीमार्ग आएका उनले अंशबण्डाकाे क्रममा असन्तुष्टि जनाउँदै भाई बुहारीलार्इ निर्घात कुटपिट गरेकाे अाराेपमा प्रहरीले उनलार्इ नियन्त्रण लिएकाे  हाे। मुकुन्दे भाई बुहारी यशोदा लुईँटेल (घिमिरे) लाई निर्घात कुटपिट गरेकाे प्रहरीले जनाएकाे छ।

उनको कुटाईबाट बुहारी गम्भिर घाईते भएकी छिन । भोजपुरको खार्ताम्छा घर भएका घिमिरेका भाई बुहारी लक्ष्मीमार्गमा बस्दै आएका थिए ।

लामो समयदेखि रत्नपार्क छोडेर एक कोठामा बसी टवीटर र बिभिन्न सामाजिक सञ्चाल मार्फत देशका नेताहरुलाई खरो प्रहार गरिरहेका उनलाई प्रहरी चौकी भाउन्नेले मंगलबार नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यलय बेलबारीलाई बुझाएको थियाे।  मोरङको बेलबारी ११ लक्ष्मीमार्गबाट मुकुन्देलार्इ प्रहरीले पक्राउ गरेकाे हाे।

 


  •  
  •  
  •