मुक्तिनाथ बैंकको नयाँ आकर्षक योजना

75
  •  
  •  
  •  

काठमाडौं, २ वैशाख(ओएनएस) : मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकहरुलाई लक्षित गरी २०७६ वैशाख १ गतेदेखि लागू हुनेगरी तीन नयाँ आकर्षक योजना ल्याएको छ ।

बैंकल भिसा डेबिट कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको छ । भिसा डेबिट कार्ड अन्तर्गत बैंकले आफ्नो शाखावाट ‘इन्स्टेन्ट भिसा डेबिट’ कार्ड सेवा सुविधा सुरु गरेको छ ।
उक्त सुविधा अन्तर्गत ग्राहकले भिसा डेबिट कार्डको निवेदन फाराम बुझाएको दिनमै ग्राहकहरुले तुरुन्त भिसा डेबिट कार्ड लिन पाउने छन् ।

त्यसैगरी मुक्तिनाथ भिसा डेबिट कार्ड बाहक ग्राहकहरुले नेपालको जुनसुकै बैंकका एटीएमबाट विना कुनै अतिरिक्त शूल्कमा रकम झिक्न मिल्ने सुविधा पनि बैंकले थप गरेको छ ।

साथै मुक्तिनाथ स्मार्ट बैंकिङ एप बाट नेपाल टेलिकमको नम्बरमा रिचार्ज गर्दा १० प्रतिशत तथा एनसेलमा रिचार्ज गर्दा ५ प्रतिशतसम्मको टपअप बोनस सुविधा सञ्चालन गरेको छ । बैंकले १ सय १४ वटा शाखा तथा २२ वटा एटीएमबाट करिब छ लाख ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।


  •  
  •  
  •