मुक्तिनाथको नगद लाभांश तथा वोनस शेयर स्वीकृतको प्रस्ताव पारित

393
  •  
  •  
  •  

  काठमाडौं, १४ मंसिर (ओएनएस) : मुक्तिनाथ विकास बैंक लिमिटेड कर प्रयोजनार्थ २ प्रतिशत नगद लाभांश तथा ३८ प्रतिशत वोनस शेयर स्वीकृत गर्ने प्रस्ताव पारित गरको छ ।

शनिवार पोखरामा सम्पन्न बैंकको आठौं बार्षिक साधारण सभामा उक्त प्रस्ताव पारित गरेको हो । बैक सञ्चालक समितिका अध्यक्ष मिनप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाबाट सञ्चालक समितिले सो प्रस्ताव पारित गरेको थियो ।

बैंकको शेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण  समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

त्यस्तै सञ्चालक समितिको संरचना परिवर्तन गरी संस्थापक शेयरधनीको तर्फवाट ४ जना, सर्वसाधारण तर्फ ३ जना र व्यवसायिक विशेषज्ञबाट १ जना रहने गरी ८ जनाको सञ्चालक समिति रहने विशेष प्रस्ताव पारित गरेको प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताए ।

सभाले उपयुक्त वित्तीय संस्था प्राप्ति  वा मर्जरमा जाने प्रस्ताव पारित गरेको छ ।२०७१ आसार मसान्तमा ५ अर्व १९ करोड निक्षेप संकलन गरेको छ । सो अवधिमा बैंकले २३ करोड ८६ लाख संचालन नाफा कमाएको थियो ।


  •  
  •  
  •