मुक्तिनाथको नयाँ शाखा हेमजामा

308
  •  
  •  
  •  

Muktinath pic(1) काठमाडौं,३० कात्तिक (ओएनएस) : पोखरामा केन्द्रीय कार्यालय रहेको मुक्तिनाथ विकास बैंकले हेमजामा शाखा स्थपना गरेको छ ।
शाखाको एक कार्यक्रमका बीच शनिबार नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर गोपालप्रसाद काफ्लेले उद्घाटन गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकले प्रदान गर्ने सेवासुविधा तथा भावी कार्यक्रमहरुको जानकारी दिएका थिए ।

 त्यस्तै बैंकले ‘जनता बैंकमा होइन बैंक जनतामा जानुपर्दछ’ भन्ने सिद्धान्तलाई आत्मसात गर्दै नेपालको परिवेश सुहाउदो  सेवा प्रदान गरेको उनले जानकारी दिए । बैंकको हाल २१ वटा आधुनिक बैंकिङ, १५ वटा सीमित बैंकिङ र ४ वटा लघुवित्त ईकाइ कार्यालय छन् ।

हालसम्म बैंकको चुक्ता पुँजी ३६ करोड ७५ लाख रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।
हालको चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद शेयर निश्कासनको लागि नेपाल धितोपत्र बोर्डले स्वीकृती प्रदान गरिसकेको बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई ४० प्रतिशत बोनस शेयर जारी गर्न नेपाल राष्ट्र बैंकले स्वीकृती प्रदान गरेको छ ।

आगामी साधारणसभाबाट पारित भएपछि बैंकले बोनस शेयर जारी गर्ने छ । तत्पश्चात बैंकको चुक्ता पुँजी ५९ करोड ९० लाख २५ हजार हुग्ने ढकालले जानकारी दिए ।

चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म बैंकले ५ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन तथा ४ अर्ब ८८ करोड रुपैयाँ कर्जा लगानी गरी ६ करोड ८३ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।


  •  
  •  
  •