मुक्तिनाथ विकास बैंकको नयाँ शाखा ठिमी र बनेपामा

380
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन(ओएनएस) : मुक्तिनाथ विकास बैंकले भक्तपुरको ठिमी र काभ्रेपलाञ्चोकको बनेपामा औपचारिक रुपमा शाखा कार्यालय विस्तार गरेको छ ।

ठिमी शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले उद्घाटन गरेका हुन् ।
निर्देशक कँडेलले उद्घाटन कार्यक्रममा बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नु पर्नेमा जोड गर्नु हुँदै बैकको उत्तरोउत्तर प्रगतिको शुभकामना दिए ।

बनेपा शाखाको उद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह वादे श्रेष्ठले गरेका थिए ।

उनले मुक्तिनाथ विकासको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले स्थानीय संघसस्थाहरुसंग समन्वय गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

बैंकका सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए ।


  •  
  •  
  •