स्वस्थ्य जीवन नै समृद्धिको आधार – मुख्यमन्त्री राई

886
  •  
  •  
  •  

काठमाडाैँ, १ बैशाख (अाेएनएस) : प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान आज देखि सञ्चालन गरेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम दिएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत आजदेखि सो अभियान सुरु गरेको हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज बिहान यहाँ आयोजित कार्यक्रममा ‘स्वास्थ्यप्रति जिम्मेवार : समृद्धिको आधारमा मेरो वर्ष २०७५’ र ‘स्वास्थ्य प्रवद्र्धनको वर्ष २०७५’ “जनमानसमा स्वास्थ्यको पहुँच हाम्रो अभियान आठ प्रतिबद्धता, स्वास्थ्य जीवनको आवश्यकता” भन्ने अभियानको अनावरण गरे ।

उक्त ८ बुँदे प्रतिबद्धतामा ‘म तनावरहित जीवन व्यतीत गर्छु’ ‘म ट्राफिक नियमको पालना गर्छु’ ‘म आफ्नो घर र समुदाय सफा राख्छु’ ‘म रक्सी, चुरोट र सूर्तीजन्य पदार्थबाट टाढा बस्छु,’ ‘म नियमित व्यायाम गर्छु’ ‘म स्वस्थ र पोषिलो खाना खान्छु’ ‘म नियमित स्वास्थ्य जाँच गराउँछु’ ‘म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ रहेको छ ।

उक्त प्रतिबद्धतामा मुख्य मुख्यमन्त्री राईले हस्ताक्षर गर्नुहुर्दै स्वस्थ जीवन भएमा मात्र मुलुकको आर्थिक समृद्धि कायम हुने बताउँदै व्यायामले गाउँ समाजलाई सकारात्मक सोचको विकासमा प्रेरणा दिने बताए ।

उनले आफू खेलकूदमा रुची भएको र नियमित व्यायाम गर्ने गरेको बताउँदै प्रदेश सरकारले अगाडि ल्याएको आठ बुँद्धे प्रतिबद्धतालाई व्यवहारमा उतार्न सबैसँग आग्रह गरे ।

मुख्यमन्त्री राईले यो वर्ष विकास र समृद्धिको जग हाल्ने वर्ष भएको बताउँदै सिंगो मुलुकलाई रोगमुक्त बनाउने अभियान सफल बनाउने अभियानमा सहभागी हुनुपर्नेमा जोड दिए ।

प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशलाई योगमय बनाउन प्रदेश सरकारको कार्यसुचीमा राखेको बताउनुभयो । आठ बुँदे प्रतिबद्धतालाई योग शिविरमा प्रदेश सदस्य, सरकारका कर्मचारी, उद्योगी व्यापारी, नागरिक समाज र सञ्चारकर्मीले हस्ताक्षर गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 


  •  
  •  
  •