सातवटै प्रदेशका मुख्यमन्त्रीले भटे प्रधानमन्त्रीलाई

प्रदेश सरकारलाई ३३ प्रतिशत बजेट दिन माग
246
  •  
  •  
  •  

काठमाडौं, २१ चैत(ओएनएस) : मुख्यमन्त्रीहरुले आगामी आर्थिक वर्षमा ३३ प्रतिशत बजेट प्रदेश सरकारलाई दिन माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा मुख्यमन्त्रीहरुले प्रदेश सरकारलाई कुल बजेटको एक तिहाई बजेट दिन माग गरेका हुन् ।

प्रदेश संरचना तयार भैसकेकाले सरकारको सम्बृद्ध नेपालको अभियान अघि बढाउन प्रदेश सरकारलाई थप बजेट दिनुपर्ने माग मुख्यमन्त्रीहरुको छ ।

संघीयता कार्यान्वयनका लागि संघीय ढाँचा अनुसारकै बजेट निर्माण हुनुपर्ने मुख्यमन्त्रीको भनाइ थियो । त्यस्तै मुख्यमन्त्रीहरुले केन्द्र, प्रदेश र स्थानीय तहबी अधिकार बाँडफाँडको विषयमा विवाद देखिएको भन्दै यसलाई छिटो टुग्याउन आग्रह गरेका छन् ।

मुख्यमन्त्रीहरुको ध्यानाकर्षणपछि प्रधानमन्त्री ओलीले छिट्टै केन्द्र, प्रदेश र स्थानीय तह समन्वय परिषदको बैठक राखेर त्यसलाई टुग्याउने आश्वासन दिए ।

नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्ने समेत बताए ।

‘कार्यक्रमहरु नदोहोरिउन भनेर स्थानीय,प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषदको बैठक आयोजना गर्नुपर्दछ । कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीको भनाईलाई उधृत गर्दै १ नं प्रदेशका मूख्यमन्त्री शेरधन राईले भने ।

बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद अघिल्लो बैठकले पास गरेका २९ बुँदाको कार्यन्वयन तदारुकताका साथ गरिने बताएका थिए ।

प्रधानमन्त्री ओलीले आँधी पिडित बारा र पर्साकाका बासिन्दालाई राहात र पुनस्र्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गरेका थिए ।

समन्वय परिषदको बैठक चैत्र १२ र १३ मा बोलाउने प्रधानमन्त्रीको तयारी छ । त्यस्तै मुख्यमन्त्रीहरुले यसअघि प्रदेश समन्वय समितिको बैठकमा अघि सारेका २९ बुँदे माग पुरा नभएको भन्दै प्रधानमन्त्रीप्रति असन्तुष्टि ब्यक्त गरेका छन् ।


  •  
  •  
  •