‘३ महिनाभित्र प्राधिकरणको कमीकमजोरी हटाउँछु’ काफ्ले

187
  •  
  •  
  •  

काठमाडौं,२४ कात्तिक (ओएनएस): नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले आफ्नो कार्यकालको तीन महिनाभित्र प्राधिकरणमा भएका कमीकमजोरी हटाउने बताए ।

सोमबार काफ्नो कार्यकक्षमा पत्रकारहरुसँगको भेटमा उनले प्राधिकरणका प्रशासनिक र प्राविधिक समस्या गर्न लागि परेको जानकारी दिए । त्यस्तै विद्युत चुहावट रोक्नु आफ्नो पहिलो लक्ष्य भएको बताए । ‘३ महिनपछी तपाईहरुलाई सक्सेस रिपोर्ट बुझाउने छु ’ उनले भने ।

काफ्लेले २५ मेगावाट भन्दा मुनीको आयोजनाको पीपीए नै नगर्ने प्रतिवद्वता समेत व्यक्त गरे । साथै निर्माणाधिन आयोजना समयमै सम्पन्न गर्न लागेको जानकारी दिए ।

उनी २ साता अघि प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त भएका हुन् ।


  •  
  •  
  •