लडेर शिक्षकको मृत्यु

139
  •  
  •  
  •  

मुगु । शनिबारको बिदामा नुहाई धुवाई गरेर घाम ताप्न बसेका शिक्षकको लडेर मृत्यु भएको छ ।

मुगुको खत्याड गाउँपालिका वडा नं ३ बुगा गाउँमा रहेको कालिका माध्यामिक विद्यालयमा कार्यरत बाँके जिल्ला नेपालजंग उप–महानगरपालिका वडा नं ४ गणेशपुर स्थायी घर भएका वर्ष २७ का शिक्षक जय बहादुर शाहीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी हवल्दार पृथ्वी रावतका अनुसार मृतक शिक्षक शनिबार गाउँ नजिक रहेको धारामा लता कपडा धोएपछि आफुले नुहाई धुवाई गरी पाखामा घाम तापी रहेका बेला एक्कासी बसेकै स्थानबाट लडेका थिए ।
घाम तापेको पाखाबाट लडेर २०० मिटर तल पुगेका शाहीको टाउको र छातीमा चोट लागेपछि उपचारका लागी शनिबारै ३ घण्टा टाढा रहेको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीय र प्रहरीले लगेका थिए ।

उपचारकै क्रममा शाहीको स्वास्थ्य केन्द्रमै शनिबार राती ११ बजे मृत्यु थियो । आफन्त घरपरिवार नेपालगंजबाट आउने भएकाले शाहीको दाहसंस्कार नभएको प्रहरीले बताएको छ ।
हिमाली भिरपाखा र कठिन भुगोलका कारण वर्षेनी दर्जन बढी व्यक्तिहरुको लडेर मुत्यु हुने गरेको प्रहरीले तथ्यांकमा देखाएको छ ।


  •  
  •  
  •