नेपाल बन्दका कारण वार्षिक परीक्षा स्थगित

28
  •  
  •  
  •  

फागुन, ३० मुगु(ओएनएस) : नेपाल कम्युनिष्ट पार्टी(विप्लव)ले बिहीबार गरेको नेपाल बन्दका कारण मुगुका विद्यालयहरुमा सञ्चालित वार्षिक परीक्षा प्रभावित भएको छ ।

विप्लव नेकपाका जिल्ला कमिटीले बन्द सफल बनाउन भन्दै विद्यालयहरुमा सञ्चालित परीक्षा र विद्यालय बन्द गर्न पत्र पठाएको पछि परीक्षा स्थगित भएको हो ।

मुगु जिल्लामा रहेका चारवटै स्थानीय तहहरुमा रहेका १ सय ४१ विद्यालयमध्ये खत्याड गाउँपालिका बाहेक अन्य ३ स्थानीय तहहरुमा रहेका विद्यालयहरुमा गत २६ गतेबाट विद्यालय स्तरिय परीक्षा सञ्चालन हुँदै आएको थियो ।

बन्दको कारण परीक्षा दिन विद्यार्थीहरुको उपस्थिती न्यून भएकोले आफुहरुले विद्यालय स्तरिय परीक्षा सञ्चालन गर्न नसकेको सदरमुकाम गमगढीमा रहेको महाकालि नमूना माध्यामिक विद्यालयका निमित्त प्रअ खड्क बहादुर रोकायाले बताए ।

कुनै विद्यालयले परीक्षा सञ्चालन गरे प्रश्नपत्र बाहिरीने भएकाले पनि आजको परीक्षा सञ्चालन हुन नसकेको हो ।
यता खत्याड गाउँपालिकामा रहेका संचारकर्मी सुमन मल्ले दिएको जानकारी अनुसार त्यहाँ पनि स्थानिय तहका सबै कार्यालय र विद्यालयहरु र स्थानीय बजार पूर्णरुपमा बन्द भएका छन् ।

सोरु गाउँपालिकामा सरकारी कार्यालय र विद्यालयहरु पनि पूर्णरुपमा बन्द भएको शिक्षक नवराज बुढाले जानकारी दिए ।
सोरु गाउँपालिका, मुगुम कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा रहेका विद्यालयहरुमा विप्लव नेकपाका कार्यकर्ताले पत्र र फोन गरेर बन्द गर्न धम्की दिएपछि परीक्षा सञ्चालन हुन नसकेको शिक्षा विकास तथा समन्वय इकाई मुगुका प्रमुख सुर्य बहादुर खत्रीले बताए ।

जिल्ला सदरमुकाममा रहेका बजार व्यापारीक पसल, विद्यालय, बंैकिङ र गैरसरकारी संघसंस्थाका कार्यालयहरु पनि पूर्ण रुपमा बिहानैबाट बन्द रहेका छन् ।


  •  
  •  
  •