ढल निर्माणको काम ढिलाई हुँदा सास्ति

98
  •  
  •  
  •  

मुगु । मुगुको छाँयानाथ रारा नगरपालिका १ र २ मा पर्ने सदरमुकाम गमगढी बजारको ढल निमार्ण जिम्मा लिएको ठेकेदार पक्षले निर्माणको कार्य सुरु नर्गदा बजार बासिले सास्ति खेप्न बाध्य भएका छन् ।

जिल्ला प्रशासन कार्यालयदेखि चैना खोला र अदालत चौकदेखि खडकराज मल्लको घर सम्मको २ हजार १ सय मिटर ढल निमार्णको जिम्मा डाँफे द क्याराभान जेबि काठमाडौंले लिएको हो ।

२०७५ पुस ९ गते भवन डिभिजन कार्यालय जुम्ला र डाँफे द क्याराभानबीच निमार्ण सम्झौता भएको थियो ।
निर्माण जिम्मा पाएको ठेकेदार पक्षले निर्माण कार्य थालनी नगर्दा सर्वसाधरणले सास्ति खेप्नु परेको हो ।

दुई वर्ष अगाडीबाट निमार्ण हुने ढल हाल सम्म निमार्ण भएको छैन । सडमा बगेर आएको पानी र फोहर घरभित्र समेत पसेको छ ।

खुल्ला पानी तथा फोहरले गर्दा बजारबासी तथा बजार आउने जाने सर्वसाधरणले सास्ति खेप्नु परेको छ ।
जिल्ला प्रशासन कार्यालय भन्दा माथिबाट बगेर आउने खुल्ला पानीले बगाएर ल्याएको फोहरले पुरै बजारनै दुरर्गन्धित हुँदै आएको छ । गमगढी बजारबाट मिलन चौक र अलालत चौकबाट आवत जावत गर्ने सर्बसाधरणलाई समस्या हुने गरेको छ ।

दुई बर्ष बितिसक्दा समेत ठेकेदार पक्षले हालसम्म ढल निर्माणको कुनै किसिमको काम शुरुवात नगर्दा सर्वसाधारणले शास्ति भोग्नु परेको होटल व्यवसाही संघ मुगुका अध्यक्ष बिष्णुबहादुर मल्लले बताए ।

२ करोड १३ लाख ७० हजार ५ सय २८ रुपैयाँ ३९ पैसामा भवन डिभिजन कार्यालय जुम्लासँग ०७७ असार मसान्त भित्र डाँफे द क्याराभान जेबिले निमार्ण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

दुई पटक भवन डिभिजन कार्यालय जुम्लाले निर्माण पक्षलाई अकाम शुरु गर्न पत्रचार गरेपनि ठेकेदार पक्षले कुनै चासो देखाएको छैन् ।

सम्झौता भएकै समयमा ठेकेदार पक्षले १० प्रतिशत पेश्कि समेत लगिसकेको भवन डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चन्द्र खड्काले जानकारी दिए ।

सदरमुकाम गमगढी बजारको ढल निकासको लागी आर्थिक वर्ष ०७५÷०७६ मा १ करोड ५० लाख विनियोजित समेत गरेको थियो । भवन डिभिजन कार्यालय जुम्लाले उक्त योजना आफैँले निमार्ण गर्ने चासो देखाएपछि छाँयानाथ रारा नगरपालिकाले बिनियोजित बजेट अर्को योजनामा खर्च गरेको छ ।

भवन डिभिजन र ठेकेदार पक्षलाई काम सुरु गरी समयमै सम्पन्न गर्न नगरपालिकाबाट बेला बेला पत्रचार गरेको भएपनि हाल सम्म कुनै सुनुवाई नभएको छाँयानाथ रारा नगरपालिकाका नगरप्रमुख हरिङजङ्ग शाहीले बताए ।

निमार्णका जिम्मा लिएको डाँफे द क्याराभान जेबिका चन्द्र थकालीले निमार्णको बारे के कारणले ढिलाई भएको भन्नेबारे फर्म सम्झौता रकम योजना कहिलेबाट सुरुवात हुने भन्ने बारे आफुलाई कुनै जानकारी नभएको बताए ।


  •  
  •  
  •