मुगुमा ६ थुनुवाको स्वास्थ्य परीक्षण

81
  •  
  •  
  •  

मुगु । जिल्ला प्रहरी कार्यालय मुगुमा रहेका ६ जना थुनुवाको पहिलो पटक स्वास्थ्य परीक्षण गरिएको छ ।
लागूऔषध ब्राउन सुगर, चरेशसहित पक्राउ परेका ५ जना पुरुष र १ जना महिला थुनुवाको मंगलबार स्वास्थ्य परीक्षण गरिएका हो ।

प्रत्येक नागरिकहरुको स्वास्थ्य सेवा पाउनु उसको नैसंर्गिक अधिकार हो । त्यसैले नागरिकहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाउनको लागी थुनुवाहरुलाई स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

स्वास्थ्य परीक्षणमा खटिएका जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका डाक्टर अमिर राज गिरीका अनुसार स्वास्थ्य परीक्षण गर्दा एक जना थुनुवालाई उच्च रक्तचाप रहेको भेटिएको छ भने अन्य थुनुवाहरुलाई सामान्य रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुमा रहेका थुनुवाहरुको क्रमश: चेक जाच रुटिन अनुसार हुने र थप सम्बन्धित कार्यालयबाट ल्याप टेस्ट गरी परीक्षण गरिने गिरीले बताए ।

लागूऔषध सेवन र यसबाट हुने असर र स्वास्थ्य परीक्षण पाएपछि लागूऔषधबारे थुनामा परेका थुनुवा निकै खुसी भएको थिए ।


  •  
  •  
  •