दशैं तिहारमा नारायणगढ–मुग्लिन सडकखण्ड २४ घण्टा खुला हुने

240
  •  
  •  
  •  

narayangadh-muglin road1
काठमाडौं, २२ भदौ (ओएनएस) : अहिले सडक विस्तार भइरहेको भन्दै दिउसो मात्रै सुचारु गरिएको नारायणगढ–मुग्लिन सडकखण्ड दशैं, तिहार र छठमा भने २४ सै घण्टा खुला हुने भएको छ ।

स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनीलगायत सरोकारवालाहरुको विहीबार बसेको बैठकले चाँडपर्वलाई मध्यनजर
गर्दै सो सडकखण्ड २४ घण्टा खुला गर्ने निर्णय गरेको हो । बैठकले चाँडपर्वका बेला सडकलाई यात्रुमैत्री बनाउन विभिन्न निर्णयसमेत गरिएको छ ।

असार २५ गतेबाट सो सडक रातको समयमा बन्द गर्ने गरिएको थियो । रातिको समयमा पहिरोको जोखिम बढेपछि रातिको समयमा रोकिएको सवारी साधन आवागमन मौसममा सुधार तथा चाँडपर्वलाई मध्यनजर गर्दै रातिको समयमा पनि सडक खुल्ला गर्ने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यात्रुबाहक सवारी साधनको चाप हुने समयमा मालबाहक सवारी साधनलाई रोकेर यात्रुबाहकलाई प्राथमिकताका साथ सडक पार गराउने बैठकले निर्णय गरेको छ ।


  •  
  •  
  •