छोराको हत्या गरी बाबु फरार

196
  •  
  •  
  •  

राजविराज, साउन ११ (ओएनएस) :  सप्तरीमा एक जनाबाबुले छोराको हत्या गरेको खुलासा भएको छ । जिल्लाको कोचावखारी–९ कुपहीका ८ वर्षीय गोविन्द खङ्गको हत्या गरी फरार रहेका उनका बुबा ३५ वर्षीय श्रवण खङ्ग खत्वेविरुद्ध आइतबार जाहेरी दर्ता भएको छ ।

मृतकका मावली हजुरबुबा दिघवा–७ का सीताराम खङ्ग खत्वेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयमा कर्तव्यज्यान मुद्दा दर्ता भएको हो ।  बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेको अवस्थामा बालकको शव बरही वीरपुर–१ स्थित घोडदह खोलाको किनारमा रहेको पिपलको रूखनजिक शुक्रबार फेला परेको थियो ।

लासको दुई मिटर पश्चिम हत्यामा प्रयोग भएको बन्चरोसमेत फेला परेको प्रहरीले जनाएको छ । घटनापछि हत्याका आरोपित श्रवण खङ्ग फरार रहेको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक वर्र्षअघि मृतकका आमाले आत्महत्या गरेको गाउँलेले बताएका छन् ।


  •  
  •  
  •