२० हजार धरौटी बुझाएर फुजेल हत्याकाण्डका ३ आरोपी रिहा

171
  •  
  •  
  •  

रुपा बस्नेत

चितवन १५ साउन (ओएनएस) : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा वारेन्ट जारी गरिएका १३ जना मध्ये ३ जना बिहीबार धरौटीमा रिहा भएका छन् । वारेन्ट जारी गरेको ७० औं दिनमा आज अदालतमा हाजिर भएका हिमलाल अधिकारी, कालिप्रसाद अधिकारी र मेघनाथ पौडेल धरौटिमा छुटेका हुन् ।

अदालतमा उपस्थित भएसंगै उनीहरुसंग बयान लिईएको थियो । बयान पश्चात् मुख्य न्यायाधिश विनोदमोहन आचार्यको एकल इजलासले थुनछेक बहस पछि धरौटिमा छोड्ने आदेश भएको अदालतका नायव सुब्बा जयनारायण आचार्यले जानकारी दिए ।

उनका अनुसार हिमलालले २७ हजार र कालिप्रसाद र मेघनाथले २०÷२० हजार बुझाएर रिहा भएका छन् । हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्दै कृष्ण प्रसाद अधिकारीका बुवा आमा विगत २ सय ९१ दिन देखि काठमाडौको बीर अस्पतालमा अनसनमा रहेका छन ।


  •  
  •  
  •