कपिलवस्तुमा तरुण दलका अध्यक्षको हत्या

109
  •  
  •  
  •  

कपिलबस्तु २९ माघ ।
पुर्व पश्चिम राजमार्ग स्थित बाणगंगा नगरपालिका-१० जीतपुरमा विहीवार साँझ करिब ८ बजे तिर गोली प्रहार गरि एक जनाको हत्या गरिएको छ । चोकमा बसीरहेका बेला तत्कालिन बाणगंगा गाविस तरुण दल अध्यक्ष राजेश सेनलाई गोली प्रहार गरिएको थियो ।

उनको बुटवल स्थित लुम्बिनी अंचल अस्पतालमा उपचार हुदा हुदै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकलमा आएका दुई जनाले गोली प्रहार गरि भागेका थिए । सेनलाई ३ गोली लागेको छ । गोली प्रहारको घटना भए पछि आक्रोसित स्थानीयले पुर्व पश्चिम राजमार्ग बन्द गरेका छन् ।


  •  
  •  
  •