जब मान्छेलाई खसी झैँ गिडियो

123
  •  
  •  
  •  

काठमाडौं २७ माघ ।
इस्लामिक राज्यको लागि लड्दै आएको आतकंकारी समुह आर्इएसएसले एक व्यक्तिको खसीलाई झैँ गिडेर हत्या गरेको छ ।  अन्तराष्ट्रिय सञ्चारमाध्यमले सोमबार फोटो सहितको समाचार सार्बजनिक गर्दै आर्इएसएसको अर्को क्रुरता बाहिर ल्याएका हुन् ।

सिरियामा एक वृद्धलाई जादुटुना चलाएर इस्लाम धर्म विपरित काम गरेको भन्दै निर्ममतापुर्वक अचानोमा राखेर घाँटी गिँडेर हत्या गरिएको हो । सञ्चारमाध्यममा सार्वजनिक केही तस्बिरहरुमा आर्इएसएसले परिचय खुल्न नसकेका ती व्यक्तिलाई आँखामा कालो पट्टी बाँधेर अचानोमा राखी गिड्न लागेको देखाइएको छ ।

उनलाई सयौँ सर्वसाधारणको विचमा हत्या गरिएको थियो । सो आतंकाकारी समुहले यस अघि जोर्डनका सैनिक विमान चालक माज अल कासासबेहलाई जिउँदै जलाएर मारेको थियो । त्यसैगरी एक पत्रकारसहित दुई जना जापानी नागरिकको पनि टाउको काटेर सोही समुहले हत्या गरिसकेको छ ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •