पिजडामा जलाएर पाइलटको हत्या

158
  •  
  •  
  •  

काठमाडौं २१ माघ (एजेन्सी) :  गत डिसेम्बरमा सिरियाबाट इस्लामिक स्टेट लडाकु समूहले बन्धक बनाएको जोर्डनका पाइलट मुआध अल-कसासबहको हत्या गरिएको गरिएको छ । जोर्डन सरकारले त्यसको पुष्टि गर्दै बदला लिने प्रण गरेको छ।

उक्त समूहले कसासबहलाई जिउंदै जलाईएको भनिएको भिडिओ सार्वजनिक गरेपछि जोर्डनले हत्याको पुष्टि गरेको हो।

भिडिओमा एक जना मानिस पिजडाभित्र जलिरहेको देखिन्छ। अधिकारीहरुले उक्त भिडिओको अधिकारिता जाँच्ने काम भईरहेको बताएका छन्।

नायक पाइलट मुआध अल-कसासबहको आतंकवादी समूह इस्लामिक स्टेटद्वारा हत्या गरिएको सामाचारलाई हामीले धेरै दुःख, शोक र आक्रोशका साथ ग्रहण गरेका छौं ।
जोर्डनका राजा अब्दुल्लाहले कसासबहलाई नायकको संज्ञा दिदै कठिन घडीमा मुलुक एकताबद्ध हुनुपर्ने बताएका छन्।

उनले भने, “नायक पाइलट मुआध अल-कसासबहको आतंकवादी समूह इस्लामिक स्टेटद्वारा हत्या गरिएको सामाचारलाई हामीले धेरै दुःख, शोक र आक्रोशका साथ ग्रहण गरेका छौं।”
इस्लामिक स्टेट लडाकुविरुद्ध कारवाहीमा रहेको विमान गत डिसेम्बरमा सिरियाको राक्का नजिक अवतरण गरेका बेला कसासबहलाई लडाकुहरुले नियन्त्रणमा लिएका थिए।


  •  
  •  
  •