प्रहरीको हत्या प्रयास, युवतीसहित ५ पक्राउ

327
  •  
  •  
  •  

काठमाडाैँ, २ बैशाख (अाेएनएस) : नेपाल प्रहरीका एक कर्मचारीलाई ब्लेडले घाँटीमा काटेर हत्या प्रयास गरेकाे अाराेपमा १९ वर्षीय युवतीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत चैत २७ गते प्रहरी एकेडेमीमा कार्यरत कार्यालय सहयोगी सञ्जिब गौतमलाई नयाँबजारमा घाँटीमा ब्लेडले काटेका थिए।

घटनामा संलग्न बिक्रम न्यापाने, अनिल खवास, राहुल न्यौपाने, नविन न्यौपाने र युवती जेबिका अधिकारी छन्।

पक्राउ परेकाहरु लागू औषध दुव्र्यसनी भएको र आपसी विवादमा उनीहरुले गौतमलाई घाँटीमा ब्लेडले काटेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी माेहन थापाले बताए।


  •  
  •  
  •