ससुरा बाजेकाे हत्या गरेकाे अाराेपमा बुहारी नातिनी पक्राउ

268
  •  
  •  
  •  

काठमाडौं, १३ चैत (अाेएनएस): मकवानपुरमा ससुरा बाजेकाे हत्या गरेकाे अाराेपमा बुहारी र नातिनी पक्राउ परेका छन्।बकैया गाउँपालिका–७ मा ६० वर्षीय सूर्यबहादुर स्याङ्तानको हत्या गरेकाे अाराेपमा बुहारी र नातिनी पक्राउ परेका हुन्।

उनको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ। सोमबर राति हत्या भएको स्थानीयले जानकारी दिएपछि हात्तीसुडे प्रहरी चौकीबाट गएको प्रहरी सहायक निरीक्षक जयप्रकाश पाण्डेको टोलीले सूर्यबहादुरकी बुहारी ठुलीमाया स्याङ्तान र नातिनी मनितालाई नियन्त्रणमा लिएको छ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलीपराज झाले बताए।


  •  
  •  
  •