खुकुरी प्रहार गरी श्रीमतीको हत्या

135
  •  
  •  
  •  

रुपन्देही, १८ फागुन (ओएनएस) : गुल्मीको ईश्मा रजस्थलमा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

 ईश्मा रजस्थल गाविस १ थापाचौरका यमबहादुर खत्रीले आफ्नै घरमा बसिरहेकी श्रीमती कमला खत्रीलाई खुकुरी प्रहार गरी ढुंगाले थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवले बताए ।

खुकुरी प्रहारवाट लक्ष्मीकोे घटना स्थलमै ज्यान गएको हो । खत्रीले श्रीमतीको हत्या गर्नु अघि आफ्नै गोठमा आगो समेत लगाई दिएको स्थानीयले बताएका छन् । दुई श्रीमती विवाह गरेका खत्री लामो समयदेखि कान्छी श्रीमतीसँग बस्दै आएका थिए ।

खत्रीलाई पक्राउ गरी हिरासतमा लिएको गुल्मी प्रहरीले जनाएको छ ।


  •  
  •  
  •