गोली हानी एक महिलाको हत्या

119
  •  
  •  
  •  

सर्लाहीं १४ भदौ (ओएनएस) : सर्लाहीको नोकेल्वामा आज विहान अज्ञात व्यक्तिले गोली हानी एक महिलाको हत्या गरेको छ । नोकेल्वा गाविस वडा नम्वर २ मा रहेको घरैमा बिहान २ बजे गोली हानी महिलाको हत्या गरिएको हो । गोलीले २३ वर्षिय अम्रिता महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । । अम्रिता श्रवण महतोकी कान्छी श्रीमती हुन । परिवारमा जेठी र कान्छी श्रीमतीबीच लामो समय झै झगडा हुने गरेकोले थियो । घटनावारे अनुसन्धानको लागि राती नै प्रहरी टोली घटनास्थल पठाएको प्रहरीले जनाएको छ ।

 


  •  
  •  
  •