सन्तान नभएपछि बुहारीको हत्या

95
  •  
  •  
  •  

काठमाडौं ३ जेठ ।
सन्तान नजिन्मिएको भन्दै बुहारीको हत्या गर्ने सप्तरी बरही वीरपुर १ का ५४ वर्षीय वीरेन्द्र यादवलाई प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ । ३ वर्षसम्म पनि सन्तान नजन्मिएको भन्दै घरपरिपारका सदस्यले २१ वर्षीया रम्भादेवी यादवको २०६९ असार ४ गते हत्या गरेर परिवारका सदस्य फरार भएका थिए ।

मृतकका पिता बोरिया गाविस ८ का श्यामसुन्दर यादवले मृतकका ससुरा वीरेन्द्रसहित पति सन्तोष, सासु अरुहुलियादेवी तथा नन्दहरु रन्जुदेवी र मन्जुदेवीविरुद्ध कर्तब्य ज्यान मुद्दा दार्ता गरेका थिए ।

पक्राउ परेका यादवलाई थुनछेक आदेशकालागि आइतबार जिल्ला अदालतमा पेस गरिने छ ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •