मनिङवाकका बेला एमाले नेताको हत्या

252
  •  
  •  
  •  

सर्लाही १४ पुस (ओएनएस) :
एमाले जिल्ला नेताको हत्या भएको छ । सर्लाहीको कबिलासी ८ मा बिहान मनिङवार्क गर्दै गरेका नेकपा एमाले जिल्ला कमिटीका सदस्य रामनरेश रायको अज्ञात समुहले हत्या गरेको छ । विस्तारै दौडिरहेका बेला पछाडीबाट धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

बिहान नहरको डिलमा अकस्मात उनीमाथी धारिलो हतियार प्रहार पछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रायसँगै मर्निङ वाकमा गएकाहरुले हत्या भएपछि मात्रै जानकारी पाएका थिए । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •