विश्वविद्यालयमा चरमपन्थी हमला, १४७ विद्यार्थीको हत्या

174
  •  
  •  
  •  

काठमाडौं २० चैत (एजेन्सी) : केन्याको उत्तर पश्चिमी गारिसास्थित गारिस विश्वविद्यालयमा इस्लामिक लडाकू समूह ‘अल शबाब’का बन्दुकधारीहरुले गरेको भीषण आक्रमणमा मनेृको संख्या बढी रहेको छ । अहिलेसम्म १ सय ४७ जना मारिएको बीबीसीले जनाएको छ ।
घटनामा परी ८० जना घाइते भएका छन् भने ५ सय ८७ विद्यार्थी भाग्न सफल भएका छन् । चरमपन्थी संगठन अल शबाबका बन्दुकधारीले विश्‍विद्यालय परिसरमा पसेर आक्रमण गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। उक्त हमला केन्याको गरिसा शहरमा बिहीबार भएको हो।
संगठनले विश्‍विद्यालय परिसरमा पसेर इसाइ छात्रालाई बन्धक बनाएर उनीमाथि गोली प्रहार गरेको बताइएको छ। सरकारी सुरक्षा फौजले  चरमपन्थी संगठनको कब्जाबाट पाँच सय विद्यार्थीलाई बचाउन सफल भएको जनाएको छ। जसमध्ये ७९ विद्यार्थी घाइते भएका छन्।
केन्या सरकारी सुरक्षा बलका अनुसार विश्वविद्यालयमा आक्रमण गर्ने चारै जना चरमपन्थी मारिएको र सबै जना सुरक्षित रहेको छ। गरिसा शहर र आसपासको इलाकामा कर्फ्यू लगाइएको छ।

 


  •  
  •  
  •