सडकमै कुटेर यसरी मान्छे मारियो

84
  •  
  •  
  •  

काठमडौं ३ चैत । आइतबार बिहान पाकिस्तानको लाहोरमा दुर्इ चर्च बाहिर गरिएको हमलामा १४ जना ब्यक्तिको ज्यान गयो । घटनामा ८० जना बढी गम्भीर रुपमा घाइते भए । सोही हमलामा संलग्न भनिएका एक व्यक्ति नराम्ररी कुटार्इ खाएर मृत्युवरण गर्न पुगे । हमलापछि आक्रोशित भींडले बम हमलामा संलग्न भनिएका एक युवकलार्इ सडकमा निकालेर कुटीकुटी मारेका हुन् ।
सडकमै कुटपिट गरी हत्या गरिँदै
बम हमलापछि चर्च बाहिर जम्मा भएका सयौं ईसाई धर्मावलम्बी रिसले चुर भएका थिए । रिसको झोंकमा उनीहरुले सहरकै बीच सडकमा बम हमलामा संलग्न ती ब्यक्तिको ज्यान कुटेरै लिए ।

तालिवानको संलग्नता रहेको सो बम हमलामा कम्तिमा २ जना व्यक्तिको संलग्नता रहेको पाकिस्तानी प्रहरीको भनाइ छ ।

बम हमला यति शक्तिशाली थियो कि तत्कालै घटनास्थलमा ५ जना मारिएका थिए । घटनापछि लाहोर शोकमा डुबेको थियो भने मृतक र घाइतेका आफन्तबीच रुवाबासी चलेको थियो ।


बम हमलामा मारिएका एक बालकको शवसामू रोइरहेका महिला

अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •