आइएसद्वारा अन्तिम अमेरिकी बन्धक महिलाको हत्या

109
  •  
  •  
  •  

काठमाडौं २७ माघ (एजेन्सी) :  अमेरिकाले उग्रबादी इस्लामिक आतंकबादी समूहको कब्जामा रहेकी एक २६ बर्षिया अमेरिकी महिला क्याला जिन मुलर हत्या गरिएको पुष्टी गरेको छ ।

अन्तिम अमेरिकी बन्धक भनिएकी सहायताकर्मी केयला म्युलरको इस्लामिक स्टेट लडाकु समूहले हत्या गरेको अमेरिकाले पुष्टि गरेको छ।

म्युलरको परिवारले हत्याको खबरबाट बज्रपात परेको बताउँदै अपहरणमा परेका बेला उनले लेखेको पत्र सार्वजनिक गरेको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामाले मुलरको हत्याप्रति खेद ब्यक्त गर्दै आईएससंग बदला साँध्ने धारणा ब्यक्त गरेका छन् ।

 मुलरको हत्या पुष्टी लगत्तै ओबामाले प्रतिक्रिया दिंदै आइएसको हर्कत घृणित भएको र बिश्वका कुनै पनि नागरिकका लागि सहनशील नभएको धारणा ब्यक्त गरेका छन् ।

म्युलरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपति बराक ओबामाले अमेरिकाको सबैभन्दा राम्रो पक्षको उनले प्रतिनिधित्व गरेको बताएका छन्।

२६ बर्षिय अमेरिकी महिला मुलरलाई सिरियामा राहत सामग्री बितरणका क्रममा सन् २०१३ मा एल्लोपो शहरबाट आईएसले कब्जामा लिएको थियो । मुलरको हत्याले भने परिवारजनमा रुवाबासी चलेको छ ।

आइएससंग मुलरको रिहाईको लाागि बारम्बार आग्रह गर्दै आएको परिवारजनले आइएसले गरेको भूललाई भगवानले क्षमा नगर्ने बताएको छ ।


  •  
  •  
  •