दुई महिला विरुद्ध मानव बेचबिखन मुद्दा

370
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस): दुई महिला विरुद्ध मानव बेचबिखनकाे मुद्दा झापा प्रहरीले दर्ता गरेकाे छ।

महिलालाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजाँदै गर्दा बिहीबार पक्राउ गरी उनीहरु विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको हाे।

विदेश पठाइदिने भन्दै तीन महिलालाई भद्रपुर नाका हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेका भद्रपुर १० निवासी ५० वर्षीया लीला भट्टराई र वुद्धशान्ति गाउँपालिका–३ निवासी ४८ वर्षीया मिङ्मा शेर्पालाई प्रहरीले मानव बेचबिखनकाे मुद्दा दर्ता गरी अवाश्यक कारवाही प्रकृया अगाडी बढाएकाे छ।

 


  •  
  •  
  •