सईविरुद्ध अदालतमा मुद्दा दायर

42
  •  
  •  
  •  

काठमाडौं, ३१ भदौँ (ओएनएस) : नेपाल प्रहरीकाे एक प्रहरी नायव निरीक्षक (सई) विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएकाे छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा कार्यरत सई सूचिप राजभण्डारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको हाे ।

सई भण्डारीले ‘बिहार इन्टरमेडियट एजुकेशन काउन्सील पटना भारत’ बाट लिएको आई.ए तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्रहरी सहयाक निरीक्षक (असई) पदमा शुरु नियुक्ति लिएको आयोगले छानविनकाे क्रममा प्रमाण फेला परेकाे जनाएको छ ।

असईमा प्रहरीको जागीर खाएका राजभण्डारीले सईमा बढुवा भएर सरकारी लाभ तथा सुविधा समेत लिएर भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा ९१० अनुसार कसुर गरेको बताइएको छ ।

आयोगले निजलाई साविक भ्रष्टाचार निवारण ऐन अनुसार सजाय मागदावी गर्दै आईतरबार विषेश अदालतमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता सह–सचिव रामेश्वर दंगालले जानकारी दिए ।


  •  
  •  
  •