दुई पक्ष एक अर्कालाई आरोप लगाउँदै प्रहरीमा गराए जाहेरी दर्ता, दुबै पक्ष प्रहरी सम्पर्क बाहिर

302
  •  
  •  
  •  

बर्दिया, २४ फागुन (ओएनएस) :बर्दियामा दुई पक्ष एक अर्कालाई आरोप लगाउँदै जाहेरी दर्ता गराएका छन्। तर दुबै पक्ष प्रहरी सम्पर्क बाहिर रहेका छन्।

गुलरिया ९ की सैति थारु र उनका छोरा सन्दिप थारुले सोही वडाका वडाअध्यक्ष हरिप्रसाद पासवानले आफुमाथि गालीगलौज र हातपातगरेको भन्दै वडाअध्यक्षसहित तीन जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा १९ गते सार्वजनिक अपराधको मुद्धा दर्ता गराएकी थिइन्। तर उक्त मुद्दा बनावटी रुपमा अरुले उक्साएको भरमा दर्ता गराएको कुरा बाहिरा खुल्न आएपछि उनी प्रहरीको सम्पर्कमा आएकी छैनन्।

घटना भएको स्थल नजिकै रहेका सोही वडाका स्थानीयवासी जितवहादुर कसेराका अनुसार घटना भएको १६ गते राति नै प्रहरी आएर प्रहरीको सामुन्नेमा सैतिले सोधपुछ क्रममा कुनै व्यक्तिको उपर शंका नभएको र व्यक्तिलाई नचिनेको बताएकी थिइन तर रात रातमा एक्कासी बयान परिवर्तन गरि उनी वडा अध्यक्षले अपहरण गर्न लगाई हातपात गरेको भन्ने झुटो उजुरी दर्ता गराएकाे कसेराको दावी छ।

कसेराले भने,‘यस घटनाको नजिक मलाई मानिएकोले साक्षिकारुपमा राखी गाउंका नेता लक्ष्मण वि.क र कृष्ण गुरुङले वडा अध्यक्ष हरिप्रसाद पासीले हातापात गरेको हो र १ तोला सुनपनि लिएको हो भनि प्रहरी समक्ष बयान दिन सिकाएका थिए तर मैले गाउघरको कुरा हो झुठोवोल्नु हुदैन भनि प्रहरी समक्ष सत्य बयान नै दिएको छु।’
उनले थप्दै भने, ‘ वडाध्यक्षले यस्तो काम गरेकै होइनन्, उनलाई फसाउने काम भइरहेको छ।’

त्यस्तै स्थानिय शिक्षक रामगोपाल पासीले अध्यक्ष लाई वदनाम गर्ने मानिसिकताले जाहेरी दर्ता गराइएको बताए।

वडा अध्यक्षले वाढि पिडितको राहत वितरणमा अनियमीता भएको भन्दै केहि अगुवाहरुले स्थानिय सैति र उनका छोरालाई उक्साई जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दिन लगाएका थिए ।

यस्तै वडाध्यक्षकी श्रीमति सकुन्तला पासीले पनि मेरो श्रीमानलाई कुटपिट गरेको भन्दै सैति थरुनी र उनका छोरा सन्दिप थारुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा फागुन २१ गते सार्वजनिक अपराधको मुद्धा दर्ता गराएकी छिन्।
उनी त्यो मुद्दासँगै ससुरा अपहरणमा परेको मुद्दा पनि दर्ता गराउन खोज्दा प्रहरीले उक्त मुद्दा दर्ता नगरी फिर्ता पठाएको थियो।
प्रहरीले उक्त मुद्दा दर्ता नगरी फिर्ता पठाएपछि ससुराको खोजीमा श्रीमान जानु भएको वडाध्यक्षकी श्रीमतिले बताईन्
जिल्ला प्रहरी कर्यालयका प्रहरी उपरीक्षक जनक भट्टराइले मुद्दा दबै पक्षको दर्ता भएको तर दुबै पक्ष प्रहरी सम्पर्कमा नरहेको बताए। दुबै पक्षको एक अर्का विरुद्ध परेको मुद्दाका ब्यक्तिहरुको खोजी भइरहेको एसपी भट्टराइले बताए।


  •  
  •  
  •