निमित्त प्रमुख मालपोत अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा

563
  •  
  •  
  •  

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख मालपोत अधिकृत रामबाबु मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

मण्डललाई अख्तियारले उच्च अदालत जनकपुरको राजविराज इजलाशको पुनरावेदनमा विचाराधीन रहेको मुद्दाका लागि आवश्यक पर्ने कागजात उपलब्ध गराइदिने बहानामा लिएको ५ लाख घुससहित पक्राउ गरेको थियो ।

घुस लिँदा लिँदै पक्राउ परेका मण्डलमाथि आवश्यक अनुसन्धान पछि सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अख्तियारले मण्डलविरुद्ध ५ लाख रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र १ वर्ष ६ महिना कैद सजाय मागदाबी गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति


  •  
  •  
  •