अख्तियारका असइविरुद्ध भ्रष्टाचार मुद्दा

369
  •  
  •  
  •  

काठमाडौं, ४ चैत(ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस माग्ने आयोग सुर्खेत कार्यालयका प्रहरी सहायक निरीक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मुद्दा तामेलीमा राखीदिने भन्दै सेवाग्राहीसँग घूस रकम माग्ने प्रहरी सहायक निरीक्षक (असई) जन्म अधिकारीविरुद्ध सोमबार विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो ।

असई अधिकारीले एक जना सेवाग्राहीसँग एक लाख रुपैयाँ घूस मागेको अडियो फेला परेको थियो ।

चन्दननाथ उच्च मावि शिक्षकविरुद्ध आयोगमा उजुरी परेको र त्यो मुद्दालाई तामेलीमा राखिदिने भन्दै असई अधिकारीले १४ हजार रुपैयाँ घूस लिइसकेको खुलेको अख्तियारले बताएको छ ।

अधिकारीलाई अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले गत माघ १३ गते पक्राउ गरेको थियो ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराधमा १४ हजार ८ सय, तथा सोही ऐनको दफा १५ बमोजिम समेत माग दाबी गरिएको छ ।


  •  
  •  
  •