न्यायाधीशविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिने

270
  •  
  •  
  •  

काठमाडौं, १४ जेठ(ओएनएस) : न्याय परिषदले न्यायाधीशविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ ।

परिषदको मंगलबारको बैठकले कपिलवस्तु जिल्ला न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द शमशेर जबराको प्रस्तावमा परिषदले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा न्याय सेवामा जागिर खाएको दाबीसहित उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको स्रोतले जनाएको छ ।

यस्तै परिषदको बैठकले अर्का जिल्ला न्यायाधीश विश्वमंगल आत्रेयलाई अवकास दिने निर्णय समेत गरेको छ ।

उनीमाथि ललितपुर जिल्ला अदालतमा भीएलएनका संचालकलाई आर्थिक लेनदेन गरेर रिहाई आदेश दिएको आरोप लागेको थियो ।

यस्तै काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँलाई पनि किन कारवाही नगर्ने भनी एक साताभित्र स्पष्टीकरण पेश गर्ने आदेश दिएको छ ।

बानियाँलाई सवारी दुर्घटनासम्बन्धी मुद्दाका अभियुक्तसग घुस लेनदेनमा फैसला गरेको आरोपमा छानबिन भइरहेको छ ।


  •  
  •  
  •