दुई प्रहरीविरुद्ध मुद्दा दायर

84
  •  
  •  
  •  

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा दुई प्रहरीविरुद्ध मुद्दा दायर गरेको छ।

ईलाका प्रहरी कार्यालय खुर्द, खजुरा, बाँकेमा कार्यरत इन्चार्ज प्रनानी लुद्रबहादुर केसी र प्रहरी हवल्दार राजेश बहादुर द्वाल विरुद्ध मुद्दा दायर गरिएको हो। सई केसी र हवल्दार द्वाल उपर बिगो रु.१३ हजार कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

आयोगका अनुसार प्रहरी हवल्दार द्वालले हाल निजी जग्गामा रहेको आँप जातको काठ चिरान मिल र इट्टा भट्टामा लैजानको लागि सहजीकरण गरिदिने भनि सेवाग्राहीसँग रु १३ हजार घुस रकम लिएका थिए।

अनुसन्धानको सिलसिलामा सो रकम प्रहरी नायव निरीक्षक केसी र हवल्दार द्वाल दुवै जनाले घुस बापत माग गरेको खुल्न आएको अख्तियारले जनाएको छ।

प्रेस विज्ञप्ति:

ईलाका प्रहरी कार्यालय खुर्द, खजुरा, बाँकेमा कार्यरत इन्चार्ज प्र.ना.नि. लुद्र बहादुर के.सी. र प्रहरी हवल्दार राजेश बहादुर द्वाल उपर बिगो रु.१३,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


 

प्रेस विज्ञप्ति:- मिति २०७७।०८।१५ गते ।
—————————————————-
ईलाका प्रहरी कार्यालय खुर्द, खजुरा,बाँकेमा कार्यरत प्रहरी हवल्दार राजेश बहादुर द्वालले हाल साविक नीजि जग्गामा रहेको आँप जातको काठ चिरान मिल र इट्टा भट्टामा लैजानको लागि सहजीकरण गरिदिने भनि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटि गएको टोलीले निज राजेश बहादुर द्वाललाई रु.१३,०००/- घुस/रिसवत रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय खुर्द, खजुरा, बाँकेमा कार्यरत इन्चार्ज प्र.ना.नि. लुद्र बहादुर के.सी. र प्रहरी हवल्दार राजेश बहादुर द्वालसमेतले सेवाग्राहीलाई निजी आवादी जग्गाको कटान गरिसकेको आँप जातको रूखको काठलाई चिरान मिल र इट्टा भट्टामा लग्ने कार्यमा सहजीकरण गरिदिएवापत घुस/रिसवत लिएको तथ्य पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निज लुद्र बहादुर के.सी. र राजेश बहादुर द्वाल उपर बिगो रू. १३,०००/- (तेह्र हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी


  •  
  •  
  •