उपकूलपतिसहित ८ जनाविरुद्ध मुद्दा

175
  •  
  •  
  •  

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बलभद्रप्रसाद दाससहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले ८ जनाविरुद्ध १८ करोड ४५ लाख बराबरको भ्रष्टाचार गरेको ठहर गर्दै सोमबार विशेष अदालतमा भ्रष्टाचार आरोपपत्र दायर गरेको हो ।

प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीले ऐन विपरीत बदनियतपूर्वक गैरकानुनी रुपमा आर्थिक लाभ लिई सप्लायर्स तथा आफूलाई फाइदा र प्रतिष्ठानलाई हानि नोक्सानी पु¥याएको भन्दै अख्तियारले उनीहरुविरुद्ध सोमबार विशेषमा आरोप पत्र दायर गरेको हो ।

आरोपी ८ जनामध्ये सबैभन्दा बढी प्रतिष्ठानका उपकूलपति दासले ४ करोड ८ लाख ९८ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दावी छ ।

त्यसपछि अस्पतालका तत्कालिन निर्देशक अरविन्द कुमार सिन्हादे ३ करोड ७५ लाख ३० हजार ६ सय १९, रजिष्ट्रार तुलबहादुर श्रेष्ठले ५६ लाख ७७ हजार ४ सय पाँच, लेखा प्रमुख दिनेश राज दाहालले २ करोड ३४ लाख ८१ हजार ८ सय १९, डेपुटी म्यानेजर अमित श्रीवास्तवले १ करोड ७४ लाख भ्रष्टाचार गरेको उल्लेख छ ।

यस्तै उपकरण सप्लायर्स कम्पनी प्रोसिजन मेडिकल प्राली र वायोमेड इन्टरनेसनलका प्रोपाइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्विकेम डिस्टिव्युटर्सका प्रोपाइटर उमेश अग्रवालले १ करोड ४ लाख र ६० लाख ३७ हजार रकम भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।


  •  
  •  
  •