हत्याको आरोपबाट इजिप्टका पूर्व राष्ट्रपति होस्नीले पाए सफाई

261
  •  
  •  
  •  

Hosni Mubarakकाठमाडौ, १३ मंसिर(एजेन्सी) : इजिप्टको एक अदालतले पूर्व राष्ट्रपति होस्नी मुबारकलाई सन् २०११ मा परदर्शनकारीको हत्याको षड्यन्त्र गरेको आरोपबाट मुक्त गरिदिएको छ ।

समाचारहरूमा जनाइए अनुसार होस्नी पक्षमा फैसला आएपछि अदालतको कोठामा खुसियालीको माहोल सिर्जना भएको थियो । काहिरामा पनि ठाऊँ-ठाऊँमा होस्नी छुटेपछि खुसियाली मनाईएको थियो ।

होस्नीको विरूद्ध इजरायलको ग्याँस निर्यात सम्बन्धी र भ्रष्टाचारको केही अन्य सम्बन्धमा पनि क्लिनचिट पाएका छन् । ८६ वर्षीय होस्नी सरकारी धन अपचलनको आरोपमा ३ वर्षको जेल सजाय काटिरहेका छन् ।


  •  
  •  
  •