आइपिएलबाट बाहिरियो धोनीको टोली पुणे

169
  •  
  •  
  •  

Vivo IPL 2016 M40 - RPS v SRHकाठमाडौँ, २९ बैशाख(एजेन्सी) : भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीको टोली इण्डियन प्रिमियर लिग(आईपिएल) प्लेअफबाट बाहिरिएको छ । मंगलबार राती सम्पन्न खेलमा धोनीको टोली राइजिङ पुणे सुपरजाइन्ट्स सनराइजर्स हैदरबादसँग पराजित भएपछि धोनीको टोली आईपिएल प्लेअफबाट बाहिरिएको हो ।

प्रतियोगितामा ११ वटा खेल खेलेको टोलीले ८ खेलमा पराजय बेहोरेपछि आईपिएल प्लेअफबाट बाहिरिन बाध्य भएको हो । अब बाँकी रहेका तीन वटै खेलमा जित हासिल गरेपनि धोनीको टोली आईपिएलमा आफ्नो स्थान कायम राख्न सक्दैन । पुणे सँगै किङग्स इलेभन पञ्जाव पनि आईपिएल प्लेअफबाट बाहिरिसकेको छ ।

गयराती सम्पन्न भएको खेलमा सनराइजर्स हैदरावादले पुणेलाई जितका लागि मात्र १ सय ३८ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो । तर, पुणेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १ सय ३३ रन जोड्न सफल भयो र ४ रनको पराजय बेहोर्न पुग्यो । जितपछि हैदराबादको टोलीले १० खेलमा ७ जित हासिल गर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पुणेका लागि एडम जाम्पाले शानदार बलिङ गरेका थिए । उनले ४ ओभरमा १९ रन दिएर ६ विकेट लिएका थिए । तर, पुणेका ब्याटस्म्यानको खराब प्रदर्शनका कारण खेलमा जित हासिल गर्न सकेन ।

जाम्पाको यो प्रदर्शन आईपिएलमा दोस्रो उत्कृष्ट बलिङ प्रदर्शन हो । बलिङमा यस्तो उत्कृष्ट प्रदर्शन सन् २००८ मा पाकिस्तानका बलर सोहेल तनविरको नाममा रहेको छ । उनले आईपिएलमा चेन्नईविरूद्व ४ ओभरमा १४ रन दिएर ६ विकेट लिएका थिए ।


  •  
  •  
  •