भारतीय कप्तान धोनीले बनाए कीर्तिमान

230
  •  
  •  
  •  

4th Test - India v Australia: Day 5काठमाडौ, १३ पुस(एजेन्सी) : क्रिकेटमा क्याप्टेन कुलको नामले नाम कमाएका भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीले मेलबर्न टेष्टमा नयाँ रेकर्ड कायम गरेका छन् । श्रीलंकाका विकेटकिपर तथा पूर्व कप्तान सांगाकाराको रेकर्ड तोड्दै उनले नयाँ रेकर्ड कायम गरेका हुन् ।

उनले क्रिकेटमा सबैभन्दा धेरै स्टम्पिंगको रेकर्ड कायम गरेका हुन् । सांगाकारासँग बराबरीको रेकर्ड राखेका उनले अष्ट्रेलियाका मिचेल जोनसनलाई स्टम्पिंग गरेपछि उनले सांगाकारालाई पछाडी छोड्दै एकलौटी रेकर्ड कायम गरेका हुन् । उनले अहिलेसम्म ४ सय ६० पारीमा १ सय ३४ स्टम्पिंग गर्दै सांगाकाराको ४ सय ८५ पारीमा १ सय ३३ स्टम्पिंगको रेकर्डलाई पछाडि पारेका हुन् । धोनी र सांगाकारापछि श्रीलंकाका रोमेश कालूवितराना तेस्रो नम्बरमा छन् । उनले २ सय ७० पारीमा १ सय १ स्टम्पिंग गरेका थिए ।

मेलबर्न टेष्टमा पहिलो दिनमा विकेटकिपरको भूमिकामा २ सय ५० क्याच पनि पूरा गरेका थिए ।

टेष्ट क्रिकेटमा धोनीको नाममा ३८ स्टम्पिंग रहेको छ भने एकदिवसीय खेलमा ८५ र टी-२० मा ११ स्टम्पिंग गरेका छन् । यता सांगाकाराले टेष्ट क्रिकेटमा २०, एकदिवसीय खेलमा ९३ र टी-२० मा २० स्टम्पिंग गरेका छन् ।


  •  
  •  
  •