२३ लाख एमआरपी वितरण

211
  •  
  •  
  •  

काठमाडौं २८ भदौ । राहदानी विभागले हालसम्म मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) २३ लाखभन्दा बढी प्रति वितरण गरेको छ। एमआरपी लिने मध्ये १९ लाख ६७ हजार ४ सय ७६ पुरुष र ३ लाख ६२ हजार एक महिला छन्।

‘हालसम्म २३ लाख २९ हजार ४ सय ७७ प्रति एमआरपी वितरण गरिएको छ,’ कामु परराष्ट्रसचिव शंकरदास वैरागीले नागरिकन्युजसँग भने, ‘एमआरपी लिनेमध्ये ८४.४६ प्रतिशत पुरुष र १५.५४ प्रतिशत महिला छन्।’
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को प्रावधान अनुसार सरकारले हस्तलिखित राहदानी वितरण बन्द गरी सन् २०१० डिसेम्बरको अन्त्यबाट एमआरपी वितरण सुरु गरेको हो। सुरु भएको साढे तीन वर्षको अवधिमा विभागले २३ लाख बढी राहदानी वितरण गरेको हो। सन् २०१० डिसेम्बरअघि जारी भएका पुराना हस्तलिखित राहदानी सन् २०१५ नोभेम्वर २४ सम्म मात्र प्रयोग गर्न सकिने छ।


  •  
  •  
  •