एमआरपीको लागि नेपाली दुतावास कामदार भएको कम्पनीमै पुग्न थाले

463
  •  
  •  
  •  

nepalimrpकाठमाडौँ, २० पुस (ओएनएस) : विदेशीमा रहेका दुतावासहरुले सार्वजनिक विदाको दिन पारेर कम्पनीमै पुगेर मेसिन रिडेवल पासपोर्ट (एमआरपी) को आवदेश फारम संकलन गर्न थालेका छन् ।

यसअघि सरकारले पनि चार देशमा एमआरपीको लागि टोली पठाउने तयारी गरेको थियो ।

बहराइन ओमान र मलेसियामा रहेका नेपाली दुतावासले सार्वजनिक विदामा नेपाली काम गर्ने कम्पनी मै पुगेर फारम संकलन थालेका छन् ।

बहराइन दुतावासले आइतबार एक विज्ञप्तिमा जारी गर्दै पुस १७ देखि सार्वजनिक विदाको दिन एमआरपीको लागि फारम संकलन थालिएको जनाएको छ ।

आगामी नोभेम्वर २४ भित्र हस्तलिखित राहदानी विस्थापीत अनिवार्य रुपमा गर्नु पर्ने भएकाले एमआरपी वितरण गर्न दुतावस नेपाली कामदार भएको स्थानमा पुगेका हुन् ।


  •  
  •  
  •