एमाले निकट कर्मचारी युनियनद्वारा शिक्षा मन्त्रालय घेराऊ

296
  •  
  •  
  •  

काठमाडौं, ५ असार (ओएनए्स) नेपाल निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष लोकनाथ मरासिनीको सरुवा गरेको विषयलाई लिएर एमाले निकट निजामती कर्मचारी संगठनले शिक्षा मन्त्रालय घेराउ गरेको छ ।
शिक्षा मन्त्रालयले निजामती सेवा ऐनको दफा ५३ को ६ विपरित सरकारले मरासिनीको सुरुवा गरेको भन्दै संगठनले फिर्ता दिनुपर्ने मागसहित शिक्षा मन्त्री, सचिवको कार्यकक्षमा घेराउ गरेको कर्मचारी संगठनका अध्यक्ष पुन्य गौतमले जानकारी दिए ।
निजामती कर्मचारी संगठनका अध्यक्ष ढकालले अबधी नपुगी सरकारले मरासिनीको सरुवा बदर नगरे अरु सशक्त कार्यक्रम संचालन गर्ने बताए । उनले निजामती सेवा ऐनमा साउनमा सामान्य प्रशासनले सुरुवा गर्ने, भदौमा अन्य मन्त्रालयले र अशोजमा क्षेत्रीयस्तरमा सरुवा गर्ने प्रावधान विपरित मन्त्रालयले आफू खुशी सरुवा गरेर कानुन विपरित काम गरेका कारण आन्दोलनमा उत्रिनु परेको बताए ।


  •  
  •  
  •