बहुमतका आधारमा संविधान जारी गरिए आन्दोलन गर्ने मोर्चाको चेतावनी

86
  •  
  •  
  •  

काठमाडौं, १९ असोज (ओएनएस) एमाओवादीसहितका २४ दलले सहमतिका आधारमा संविधान निर्माण नगरेमा आन्दोलन गर्ने चेतावनी दिएका छन ।एमाओवादीसंसदिय दलको कार्यालय सिंहदरबारमा आज बसेको संविधानसभा भित्र र बाहिर रहेका दलहरुको बैठकले संविधान लेखनमा रहेका विवादित बिषयलाई सहमतिकै आधारमा मिलाउनुपर्ने माग समेत गरेको छ ।

उनीहरुले बहुमतका आधारमा संविधान निर्माणको प्रक्रियामा गए संविधानसभा र सडक दुबैबाट संघर्ष गर्नेसमेत चेतावनी दिएका छन । ठकपछि सञ्चारकर्मीसंग कुरा गर्दे एमाओवादी नेता बर्षमान पुनले बिगतमा भएका सहमतिका आधारमा संविधान बनाउनुको साटो जबरजस्ती बहुमतका आधारमा जान खोजेमा आन्दोलन गर्ने बताए।

साथै २४ दलले सोमवार पुन बैठक बस्ने ३ बजे पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम घोषणा गर्ने निर्णय गरेका छन । २४ दलमा एकीकृत माओवादी र मेधसबादी सहितका ७ दलको संघीय गणतान्त्रिक,पहिचानमा आधारित संघीय गठबन्धनमा रहेका ९ पार्टी,संघीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धनमा रहेका ८ पार्टी रहेका छन ।


  •  
  •  
  •