सगरमाथामा पुनः हिमपहिरो जानसक्ने विज्ञहरुको चेतावनी

149
  •  
  •  
  •  

काठमाडौं, २५ वैशाख (ओएनएस) :  सगरमाथामा पुनः हिमपहिरो जानसक्ने सम्भावना रहेको वैज्ञानिक तथा विज्ञहरुले बताएका छन् । उनीहरुले क्षति कम गर्न अहिले नै सचेत रहनुपर्ने बताए ।
विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले सगरमाथा आधार शिविरमा हालै गएको हिम पहिरोमा परी निधन भएकाको सम्झनामा विहीबार आयोजना गरेको ‘सगरमाथामा हिम पहिरो’ विषयक अन्र्तक्रिया कार्यक्रममा विज्ञहरुले त्यस्तो चेतावनी दिएका हुन् ।
कार्यक्रममा त्रिवि भूगर्भशात्र केन्द्रीय विभागका प्रा.डा. लालु पौडेल, पर्वतीय विकासका लागि एकीकृत विकास केन्द्र (इसिमोड)का हिमनदी विशेषज्ञ सञ्जुरत्न बज्राचार्य र पर्वतारोहण तथा उद्वारका डा.निमा शेर्पाले कार्यपत्र प्रस्तुत गर्दै हिम पहिरोको खतरा औल्याएका हुन् ।
इसिमोडका हिमनदी विशेषज्ञ सञ्जुरत्न बज्राचायले हालसालै सगरमाथामा गएको जस्तै अर्को हिम पहिरो पुनः जानसक्ने सम्भावना रहेकाले यसतर्फ समयमै सचेत हुनुपर्ने विचार व्यक्त गरे ।
उनले हिम पहिरो प्राकृतिक चक्र भएको बताउदैँ केही वर्ष यता हिम हिमपहिरोका कारण ज्यान गुमाउने पर्वतारोही तथा भरियाहरु संख्या बढेको बताए ।
भूगर्भशात्र केन्द्रीय विभागका प्रा.डा.पौडेलले मानिसको बसोबास रहेको क्षेत्रमा हिम पहिरो गएमा क्षति बढ्ने भएकोले महत्व पाउने तर बसोबास नभएको क्षेत्रमा हिम पहिरो गएमा महत्व नदिदाँ हिमपहिरोले विकराल रुप लिदैँ गएको धारणा राखे ।

  •  
  •  
  •