‘हिमाली क्षेत्रको पदयात्रामा कडाइ’

348
  •  
  •  
  •  

काठमाडौं ७ कात्तिक (ओएनएस) : सरकारले पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि नयाँ नियम बनाउने भएको छ । अन्नपूर्ण पदयात्रा मार्ग र असपासका क्षेत्रमा अघिल्लो हप्ता भएको भीषण हिमपातमा २१ विदेशी पर्यटक सहित ४१ जनाको ज्यान गएपछि सरकार नयाँ छलmफलमा जुटेको हो । पर्यटन मन्त्री दिपकचन्द्र अमात्यले कात्तिक भित्रै नयाँ नीति आउने जानकारी दिए ।

पदयात्रा मार्गहरुमा विदेशी पर्यटकहरुको अविलेख भएपनि स्वदेशको अभिलेख राख्ने पंणाली नभएकाले त्यसको पनि व्यवस्था गर्ने उनले बताए । आवतजावतको अभिलेख प्रणाली सदृढ पार्ने र तालिम प्राप्त पथप्रदर्शक लैजानुपर्ने व्यवस्था वाध्यकारी बनाउने पनि उनले ओएनएसलाई बताए । ‘हामीले छलफल सुरु गरेका छौ’ उनले भने ‘अब नेपाली पदयात्रीको विमा, अभिलेख, तालिम प्राप्त पदप्रदर्शक राख्नुपर्ने नियम कडाइ गरिनेछ नेपालीले पनि अनिवार्य गाइड राख्नुपर्नेछ ।’

साथै पथ प्रदर्शकहरुलाई मौसम पूर्वानुमान सम्बन्धी सूचनाहरुको जानकारी पाउन जिपिएस प्रविधिको उपयोग गर्नेबारे छलफल शुरु भएको छ । हरेकलाई उउटा रिडियो सेट उपलब्ध गराउने बारेमा पनि छलफल सुरु भएको छ।

असोज २७ र २८ गते भएको भीषण वर्षाले हिमाली र पहाडी भेगका जिल्लाहरुमा निम्त्याएको भीषण हिमपात र हिमपहिरोमा २० नेपाली सहित ४१ जनाको ज्यान गएको र ५ सय १८ जनालाई जीवितै उद्धार गरिएको थियो ।


  •  
  •  
  •