माउन्टेन इनर्जी आईपीओ बाँडफाँड

76
  •  
  •  
  •  

काठमाडौं । माउन्टेन इनर्जी नेपालको आईपीओ बुधबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय नरायणचौरमा कम्पनीको आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीको आईपिओमा ६ लाख ५३ हजार २ सय ९१ जनाले आवेदन दिएको थियो । त्यसमध्ये १७ सय १६ जनाको आवेदन रद्द भएको छ । बाँकि ६ लाख ५१ हजार ५७५ जना योग्य आवेदक मध्ये १ लाख ८३ हजार २६ जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । त्यसमध्ये २० कित्ता भन्दा बढी आबेदन ५ जनालाई थप १ कित्ता गरी ११ कित्ता वाँडफाँड गरिएको हो ।

बाँकि ४ लाख ६८ हजार ५४९ जना आवेदकको हात खाली भएको छ । कम्पनीले कार्तिक २६ गते देखि मंसिर २ गते सम्म बिक्रीमा ल्याएको आईपीओमा साढे सात गुणाभन्दा धेरै आवेदन परेको थियो ।


  •  
  •  
  •