माउन्ट एभरेष्टको नाम फेरिनुपर्ने जी न्यूजको दावी(भिडियोसहित)

51
  •  
  •  
  •  

काठमाडौं । भारतीय समाचार च्यानल जी न्युजले नेपालको सगरमाथाको अंग्रेजी नाम माउन्ट एभरेष्ट फेरिनुपर्ने दावी गरेको छ । प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिएर सगरमाथा आधार शिविर कालापत्थर पुगेका जी न्युजका सम्पादक सुधीर चौधरीले सगरमाथाको उचाइ नाप्ने भारतीय नागरिक राधानाथ सिकदरको नामबाट यसको नामाकरण हुनुपर्नेमा जर्ज एभरेष्टको नामबाट भएको दावी गरेका हुन् । उनका अनुसार राधानाथले सन् १८५२ मा सगरमाथाको उचाइ मापन गरेका थिए ।

जी न्यूजले काठमाडौंदेखि सगरमाथाको बेसक्याम्पसम्मको भिडियो डायरी प्रसारण गरेको छ । चौधरीसहितको टोली हेलिकप्टरमा सगरमाथाको अवलोकनका लागि गएको हो । उनले भनेका छन्, ‘जर्ज एभरेस्टको नामबाट माउन्ट एभरेस्ट नामाकरण गरिएको हो । तर, जर्ज एभरेस्ट आफैं कहिल्यै पनि सगरमाथा आरोहण गरेनन् । सगरमाथाको उचाई मापन गर्ने व्यक्ति त हाम्रै भारतका राधानाथ सिकदर हुन् । उनीबाट खोसिएको श्रेय फिर्ता ल्याउनका लागि अभियान सुरु गर्न हामी एभरेष्ट पुगेका हौं ।’

चौधरीले सगरमाथाका विषयमा लिएर गरेको दावीलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको छ । जी न्युजले केहि समयअघि प्रधानमन्त्री ओली र चिनियाँ राजदूत होङ यान छीबीचको काल्पनिक सम्वाद प्रशारण गरेको थियो । त्यसको चर्को बिरोध भएपछि नेपाली केवल अपरेटरहरुले भारतीय समाचार च्यानलको प्रशारण रोक लगाएका थिए ।

 


  •  
  •  
  •