मेगा र जेएमई विच रेमिट्यान्स भुक्तानी सम्झौता

301
  •  
  •  
  •  

काठमाडौं, ११ भदौ (ओएनएस) ः जापानमा रहेका नेपालीले  जेएमईबाट पठाएको  रकम मेगा बाट भुक्तानी गर्न सक्ने भएका छन् । मेगा बैंक नेपाल लिमिटेड र जेएमई रेमिट कम्पनीविच भएको रेमिट्यान्स भुक्तानी सम्झौता पश्चात जापानमा रहेका नेपालीहरुलाई स्वदेशमा रकम पठाउन थप सहज हुने भएको हो ।

बुधवार एक कार्यक्रमविच बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र जेएमई रेमिटका अध्यक्षदीपेन्द्र जोशीले सम्झौतापत्रमा संयुक्त हस्ताक्षर गरे ।

जेएमईले जापानबाट पठाएको रकम मेगा बैंकका देशभर छरिएका २८ ओटा शाखा र ११ सय भन्दा बढी एजेण्टमार्फत सहजै भुक्तानी लिन सक्ने बैंकले जानकारी दिएको छ ।

त्यसैगरी सम्झौता अनुसार जेएमई रेमिटले पनि आफ्ना घरेलु एजेन्ट नेटवर्कमार्फत मेगा रेमिटको भुक्तानी गर्न सक्नेछन् । यो व्यवस्थाले देशभरि नै सहज र छरितो रुपमा रेमिट्यान्स सेवा उपलब्ध हुने अपेक्षा लिइएको छ ।

मेगाले अन्तर्राष्ट्रिय रेमिट्यानस कम्पनीसँगको साझेदारीमा खाडी,युरोप र अन्य राष्ट्रबाट मेगा रेमिट सेवा प्रदान गर्दै आएको छ ।


  •  
  •  
  •