मोटरसाईकल दुर्घटनामा मृत्यु

238
  •  
  •  
  •  

झापा, ३ पुस (ओएनएस) :  मोटरसाईकल दुर्घटनामा परि झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हनेमा बिर्तामोड नगरपालिका–२ चरपाने बस्ने २६ बर्षीय बासुदेव अधिकारी रहेका छन् । विर्तामोड नगरपालिका–२ स्थित मे ४ प २८१५ नम्बरको मोटरसाइकलले सोमबार पैदल यात्री भारत सितामणी घर भएका १८ बर्षीय मोहमद मेबुलाई ठक्कर दिई मोटरसाइकल अनियन्त्रित भएको थियो । उक्त मोटरसाईकललाई विपरीत दिशाबाट आईरहेको मे १ च ५२५१ नम्बरको सेन्ट्रो कारले ठक्कर दिंदा गम्भीर घाइते भएकोले उपचारको लागि विएण्डसी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका मोहमदलाई उपचारको लागि विर्तासिटी अस्पताल बिर्तामोडमा पठाइएको छ । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •